logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुनको सक्रियता घट्यो, अब पानी पर्ने क्रम रोकिन्छ : मौसमविद्


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – अब विस्तारै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद्ले बताएका हुन् ।

तर मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने छ । अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने छ ।

मंगलबार दिउँसो तराइबाहेक अन्य ठाउँमा सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय नहुने देखिएकाले ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको बताईएको छ ।