logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज जिम्बावेविरुद्ध दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – त्रिकोणात्मक टी – ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । सिंगापुरस्थित इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ सबा पाँच बजे शुरु हुनेछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएको थियो । आज नेपाल सो हारको बदला लिएर उपाधि होड बलियो बनाउने प्रयासमा हुनेछ । नेपालले दोस्रो खेलमा सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो ।

आयोजक सिंगापुरले जिम्बावेलाई आइतबार चार बिकेटले हराएकाले नेपाल अंक तालिकाको शिर्ष स्थानमा छ । अहिलेसम्मको खेल नतिजाले तीनवटै मुलुकले सिरिजको उपाधि जित्ने सम्भावना कायमै छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।