logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महरालाई बलात्कारको आरोप लागेपछि नेकपा आन्तरिक छलफलमा, राजीनामा दिन अध्यक्षद्वयको सुझाव


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि सत्तारुढ नेकपाले छलफल थालेको छ । छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

नेकपाका अन्य नेताहरु पनि बालुवाटारमा भेला भएका छन् । बैठकमा सभामुखबारे कस्तो निर्णय लिने भन्ने छलफल हुने जनाइएको छ । नेकपा नेताहरुले सभामुखलाई राजीनामा दिन सुझाव दिने सम्भावना रहेको छ । यस विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सभामुख महराविच आज विहान पनि छलफल भएको बताइएको छ ।

छलफलमा महराले घटनाको अनुसन्धानका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । संसद सचिवालयका एक महिला कर्मचारीले सभामुखमाथि सोमबार बलात्कार प्रयासको आरोप लगाएकी हुन् ।

सभामुख महराको सचिवालयले भने फसाउने षडयन्त्र भएको भन्दै आरोपको खण्डन गरेको छ । सचिवालयमै काम गर्ने महिला कर्मचारीले महरामाथि आइतबार वानेश्वरस्थित आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी हुन् ।

काठमाडौं तीनकुने प्रहरी वृत्तको टोलीले महिलाको मौखिम उजुरीपछि आइतबार नै घटनाको विवरण संकलन गरेको छ । तर पीडित महिलाले अहिलेसम्म लिखित उजुरी भने दर्ता नगरेको प्रहरीले जनाएको छ ।