logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा १५ हजार घुससहित प्रहरी पक्राउ


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – रुपन्देहीमा एक जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले जिसीलाई घुससहित पक्राउ गरेको हो ।