logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपा को सुझाब


अंकुरण खबर
2.834K
Shares

Deputy Prime Minister and Finance Minister Krishna Bahadur Mahara speaking on the ocassion of 17th Annual General meeting of Society of Economic Journalists-Nepal, in Kathmandu, on Friday, September 16, 2016. Photo: RSS

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।

मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्ने धारणा राखेको छ ।

बैठकबारे जानकारी दिदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिनिधि सभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।