logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाई काटेको अभियोगमा तीनजना पक्राउ


अंकुरण खबर
897
Shares

पूर्वी चितवनको कालिका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा गाई काट्दै गरेको अवस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना भने फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ र १८ वर्षीय अमिर तामाङ रहेका छन् ।

उनीहरूलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो । सोही क्रममा फरार रहेका दुईजनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।