logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोकी राखेको टिपर चल्दा १ को मृत्यु ३ घाइते


अंकुरण खबर
884
Shares

सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शारदा नगरपालिकाको कार्यालयनजिकै बा ३ क २३६५ न टिपर दुर्घटना हुँदा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहेकी थिइन्।

घाइते हुनेमा सन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेका छन्। घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ।

मृत्तक विक पानी पिउन भनेर झ्याल खोलेर पानीको बोटल खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिपर व्याक भई सडकबाट तल खसेको थियो।