logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टी–२० त्रिकोणात्मक सिरिज : आज नेपाल र सिंगापुर भिड्दै


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ ।

त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् । त्यसकारण पनि आजको खेल कुनै पनि हालतमा जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

यसअघि भएको दुवै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।