काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीका अमिन सन्तोष भण्डारी घुस सहित पक्राउ गरेको छ ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार उनको निगरानी गरेको थियो। १० हजार रुपैयाँ सेवाग्राहीसँग घुसबापत लिँदै गरेको अवस्थामा भण्डारी पक्राउ परेका अख्तियार कार्यालय पोखराले जनाएको छ ।
उनलाई पोखराको बुद्धचोक नजिकबाट रंगेहात पक्राउ गरिएको हो ।