logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो


अंकुरण खबर
3.874K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको भाउ बुधवार तोलामा ६ सय रुपैयाँ बढेको छ । बुधवार छापावाल सुन तोलामा ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।