logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर गोरखामा एक जनाको गयो ज्यान


अंकुरण खबर
3.068K
Shares

काठमाडौं – गोरखाको आरुघाट गाउँपालिका–९ बगैचामा करेन्ट लागेर आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।

घरमा राखिँदै आएको बौद्ध झण्डा फेर्ने क्रममा करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बौद्ध समाजको झण्डा राख्न पोल गाड्न खोज्ने क्रममा पोलले ११ केभी प्रशारण लाइनको नाङ्गो तारलाई छुन पुग्दा गुरुङलाई करेन्ट लागेको हो ।