logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराले शर्त हटाएर बुझाए अर्को राजीनामा पत्र


अंकुरण खबर
871
Shares

काठमाडौं – संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार आरोप लागेपछि गम्भीर विवादमा तानिएका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा दुईवटा राजीनामा पत्र बुझाएका छन् ।

आइतवार राति संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौनहिंसा गरेको आरोप लागेपछि महराले मंगलबार शर्तसहित सभामुखबाट राजीनामा दिएका थिए । उनले छानविन नसिकएसम्मका लागि भन्दै दिएको राजीनामा पत्र बुझाएपछि अर्को पनि राजीनामा पत्र बुझाएका हुन् ।

महराले सभामुखबाट दिएको राजीनामाको व्यहोरा सच्च्याएर दोस्रो पत्र बुझाएका हुन्। पहिलो राजीनामामा शर्त राखेका उनले दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ । सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ ।

सुरुमा बुझाएको राजीनामामा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्‍ने शब्द थियो भने पछिल्लो राजीनामामा उक्त शब्द हटाएर महराले बुझाएका हुन् । पछिल्लो राजीनामा पत्रअनुसार नै संसद सचिवालयले उपसभामुखको निर्देशनमा सभामुख पद खाली भएको सूचना जारी गरेको हो।