logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बडादशैंको टिकाको उत्तम साईत २१ गते मङ्गलबार बिहान १० बजेर २३ मिनेटमा


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् ।

पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउनेछन् । यहीँ रहेको पाँचटाउके महादेव दर्शनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।

यस्तै संस्थानअन्तर्गतका दक्षिणकाली, कङ्केश्वरी, शोभा भगवती, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती लगायत सबै शक्तिपीठमा भक्तजनको सुविधाका लागि स्थानीय व्यवस्थापन समितिलाई क्रियाशील गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।