logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा एउटै खाल्डोमा ५ जनाको शव भेटियो


अंकुरण खबर
1.313K
Shares

बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको शव भेटिएको छ ।

बुधबार राति ती शव फेला परेका हुन् । घटनामा मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका छन् भने अर्का एक भारतीय नागरिक रहको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण नखुले पनि बिजुली चोरेर प्रयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शव परीक्षण गरेपछि मात्र उनीहरुको मृत्युको कारण खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शव भेटिएको घरमा पहिले मदिरा भट्टी सञ्चालन हुने गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।