logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महरा प्रकरण : रोशनी शाहीको डिभोर्स


अंकुरण खबर
1.69K
Shares

काठमाडौं – सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स हुने भएको छ ।

शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको बताएका छन् । ‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।

अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन ।

रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गरेकी थिइन् । तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबुसमानको व्यक्रि भएको भन्दै कुनै बलात्कार नभएको दाबी गरेकी थिइन् । रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा निवेदन समेत दर्ता गराएकी हुन् ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् ।

संसद सचिवालयमा कार्यरत उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।