काठमाडौं – छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ । बिहिबार छापावाला सुनको मूल्य तोलामा ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार छापावाल सुन तोलामा ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीवार तेजाबी सुनको मूल्य तोलामा ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार चाँदीको मूल्यमा प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भएको छ । बुधवार चाँदी तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ ।