काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि आक्रमण भएको छ । आक्रमणबाट घाइते भएका उनको गण्डकी क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
उनले विमानस्थल निर्माणको ठेक्का पाएको कम्पनीका कर्मचारीहरुले नै आफूलाई आक्रमण गरेको बताएका छन् । उनका अनुसार कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशी लगायतको नेतृत्व टोलीले उनलाई बुधबार राती १० बजे कुटपिट गरेका हुन । आफूमाथि रड र बोत्तल प्रहार भएको उनले बताएका छन् ।
उक्त कम्पनीले विमानस्थलमा सिआरएन्सी, स्लेट जेभीले विभिन्न भौतिक संरचना निर्माणको काम गरिरहेका छन् । कामको गुणस्तरमाथि प्रश्न उठाउँदा आफूमाथि आक्रमण भएको कार्कीको दावी छ ।