logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा महिलामाथि छुरा प्रहार


अंकुरण खबर
1.001K
Shares

विराटनगर महानगरपालिका १० सोमबारे हाटमा बिहीबार बिहान एक महिलामाथि छुरा प्रहार भएको छ। सिटी सफारीको ब्याट्रि चार्ज गरेको विषयमा भनाभन हुदाँ सफारीका चालक मेघराज मण्डलले छिमेकी माया देवी मण्डललाई छुरा प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३३ वर्षीय चालक मण्डलले घाइते ३४ वर्षिया मायादेविको टाउकोमा छुरा प्रहार गरेका हुन्। हाल घाइते महिलाको कोशी अस्पतालमा उपचार भइरहेको छ। घाइते महिलाको टाउको चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मेघराजले सिटी सफारी लुकाएर घाइते मायादेवीको घरबाट चार्ज गरेपछि विवाद बढेको हो ।

मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले बिहान ११ बजे छुरा प्रहार गरेको उनले बताए। अर्कोतर्फ, मायादेवीले आफूलाई तिनुपर्ने रकम नदिएको र विवाद गरेका कारण छुरा प्रहार गरेको मेघराजले प्रहरी समक्ष बताएका छन्।

यद्यपि, घटना लगत्तै फरार भएका मेघराजलाई भारततर्फ भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका मेघराजलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।