काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीनजनाको नाम सिफारिस भएको छ ।
सरकारद्वारा गठित समितिले डा. कोइरालासहित डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम सिफासिर गरेको हो । गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।