नलकटुवा पेस्तोलसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको परिकौली घर भएका २० वर्षीय आनन्द पाठक रहेका छन्।
विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाबाट पाठकलाई एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषाका प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।