logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस


अंकुरण खबर
1.742K
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुनेमा डाक्टर धर्मकान्त बाँस्कोटा, डाक्टर भगवान कोइराला र डाक्टर चन्द्रमणि पौडेल रहेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको नाम सिफारिस गर्न ’सर्च कमिटी’ले विश्वविद्यालयको कूलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपति नियुक्तिलाई सिफारिस हुनेछ । भदौ पहिलो साता तीर्थ खनियाँले अवकाश पाएपछि त्रिविमा उपकूलपति खाली छ । खाली रहेका अन्य विश्वविद्यालयमा भने नाम सिफारिस भएको छैन ।