logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खसीको मासु बिग्रनबाट जोगाउन यसरी बनाउनुस् पक्कु


अंकुरण खबर
5.161K
Shares

काठमाडौं – नेपालीहरुको महान पर्व बडादशैंको रौनक सबैको घरमा छाएको छ । दशैँमा विशेष गरि खसी–बोकाको मासुका परिकार खाने चलन छ ।

पाहुनालाई केही फरक परिकारले स्वागत गर्नको लागि खसीको मासुको पक्कु बनाउन सकिन्छ । खसीको पक्कु बनाएर केही दिनसम्म राखेर खान सकिन्छ । यसमा लसुन प्याज नराखिने हुँदा लामो समयसम्म बिग्रिदैन ।

आवश्यक सामग्री :

खसीको ताजा मासु, बेसार, तोरीको तेल , गरम मसला, नुन, जिरा धनियाँ पाउडर, ल्वाङ्ग सुकमेलको धुलो , रातो धुलो खुर्सानी, दालचिनी, तेजपत्ता

विधि :

सबैभन्दा पहिले मासुमा नुन, तोरीको तेल, गरम मसला, बेसार, जिर धनियाँ पाउडर, खुर्सानीको धुलो राख्ने र राम्रोसंग मुछ्ने ।

अब त्यसलाई छोप्ने र कम्तीमा पांच घण्टा यत्तिकै राख्ने । पांच घण्टा पछि मासु निकाल्ने ।

एउटा भाँडोमा तोरीको तेल तताउने । तेल तातिसकेपछि त्यसमा तेज्पत्ता, सुकमेल, दालचिनी फुराउने ।

अब त्यसमा अघि मुछेको मासु पनि राख्ने र राम्रोसंग चलाउने । त्यसपछि त्यसलाई बिर्कोले छोपेर १५ मिनेटसम्म पकाउने ।

त्यसलाई चलाउने र फेरी १५ मिनेटसम्म पकाउने ।

अब त्यसलाई राम्रोसंग चलाउने र ल्वाङ्ग सुकमेलको धुलो राखिदिने ।

त्यसपछि त्यसलाई चलाउने र केहीछिन पाक्न दिने । अनि पक्कु तयार हुन्छ ।