logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंको मुखमा सुर्खेतमा फेरी अर्को जीप दुर्घटना : १ को मृत्यु, ९ जना घाइते


अंकुरण खबर
910
Shares

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ को रातानाङ्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको भे १ ज १०८४ नम्बरको बोलेरो जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको उपचारको क्रममा मृत्यु भएको हो । अन्य चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् ।

घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ ।