logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरमा कोही नभएको मौका छोपी प्रहरी कार्यालय नजिकै चोरी


अंकुरण खबर
2.899K
Shares

काठमाडौं – कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा चोरी भएको छ । गएराति इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो ।

घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ । घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरको अनुमान छ ।

घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको छ ।