logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडामा करेन्ट लागेर आमाछोराको मृत्यु, बुहारी घाइते


अंकुरण खबर
1.183K
Shares

हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीमा आइतबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । बुहारी घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् । उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरीले जानकारी दिएको छ ।

विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा घाँस काट्न गएकी लेखमायालाई करेन्ट लागेको थियो । आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो ।

घाइते बुहारी रेनुकाको उपचार सामान्य रहेको बताइएको छ ।