logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


अंकुरण खबर
1.248K
Shares

मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। इछाकामना गाउपालिका ६ जलबिरेका ६५ बर्सिय इमाल दिन मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

पैदल हिडिरहेका मियालाई जलबिरेमा मुग्लिनबाट नारायनगढतर्फ जाँदै गरेको ग ७ प १९९६ नम्बरको मोटरसाइकलले आज दिउसो ३ बजे ठक्कर दिएको थियो। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा साँझ ६  बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।