logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खोलामा डुबेर बालकको मृत्यु


अंकुरण खबर
2.015K
Shares

काठमाडौं – नवलपरासीको कावासोती–१५ मा रहेको बाण खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

पर्वत जिल्ला रानीपानी घर भइ हाल कावासोती १५ मा मामा घर बस्दै आएका बर्ष १० का राजन भुसालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आज दिउँसो पौडी खेल्ने क्रममा घाइते भइ उपचारका लागि कावासोतीको कालिगण्डकी अस्पतालमा ल्याउने क्रममा भुसालको मृत्यु भएको हो ।