सप्तरीको महदेवा गाउँपालिकामा पत्नी र छोराको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पत्नी र छोराको कुटाइबाट घाइते भएका महदेवा गाउँपालिका ३ पकरी निवासी गफुर पमरियाको मृत्यु भएको हो ।
६३ बर्षीय पमरियालाई ५० वर्षीया पत्नी जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरियाले कुटपिट गरेका थिए । आइतबार राति आफ्नै घरमा कुटपिट गर्दा घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनलाई कुटपिट गर्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्न उनकी पत्नी र छोरा फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।