/fi6«klt e08f/L 6Lsf u|x0f ug'{x'Fb}
sf7df8f}F, @! c;f]h -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L ljhof bzdLsf lbg dªunaf/ /fi6«klt sfof{nodf cfkmGtaf6 6Lsf u|x0f ug'{x'Fb} . t:jL/ M /Tg >]i7 .
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका लगाएकी छन् । राष्ट्रपति भवन शितल निवासमा उनले मंगलबार दिउँसो आफन्त र पुजारीबाट दशैंको टीका लगाएकी हुन् ।
राष्ट्रपति भण्डारीलाई आमा मिथिला पाण्डेले टीका लगाइदिएकी हुन् । राष्ट्रपतिलाई उनका परिवारका ज्येष्ठ सदस्यले पनि टीका लगाइदिएका थिए । आफुले टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिएकी छन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई टीका लगाइदिएका थिए । शुभचिन्तक तथा सर्वसाधारणलाई समेत उनले टीका लगाइदिएकी हुन् ।