logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९० वर्षीय पिताको हातबाट बाबुराम भट्टराईले लगाए टिका


अंकुरण खबर
1.547K
Shares

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दसैंको टिका ग्रहण गरेका छन् ।

उनले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेका हुन् । दसैंको टिका ग्रहण गरेको फोटो राख्दै भट्टराईले फेसबुकमा लेखेका छन् , ‘९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभविजयादशमीको टीका ग्रहण गरियो, सबैको जय होस् ,असत्य  र अन्याय माथि सत्य र न्यायको विजय होस् ।’