काठमाडौं – बडादसैं टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ ।
ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी , मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिइन्छ ।