logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साफ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै


अंकुरण खबर
4.797K
Shares

काठमाडौं – तेस्रो दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू १५ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बुधबार भारतसँग खेल्दै छ।

थिम्पुमा हुने यो खेल अपरान्ह ३ बजे सुरु हुने छ। प्रतियोगिताका अघिल्ला दुई संस्करणमा बंगलादेश र भारत विजेता बनेका थिए। बंगलादेशले पहिलो र भारतले दोस्रो संस्करण जितेको हो। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

प्रतियोगितामा बंगलादेश र भुटानसहित चार टोली सहभागी छन्।