ललितपुर महानगरपालिका९२३ हात्तीवन एरावत टोलमा चोरी भएको छ । बस्ने ५१ वर्षीय गणेश डंगोलको घरबाट मंगलबार सुनका विभिन्न गहना ५ तोला र नगद ६० हजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।
त्यस्तै सोही घरमा डेरा गरी बस्ने दाङकी रेणु केसी बिष्टको कोठाबाट सुनका विभिन्न गहना ४ तोला र नगद ८ हजार रुपैयाँ समेत गरी ८ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।