logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ


अंकुरण खबर
767
Shares

काठमाडौं – बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक तेह्रथुममा पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार राति साढे ९ बजेको समयमा बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।