logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँचथरमा छुरा प्रहार गरी एक जनाको हत्या


अंकुरण खबर
1.053K
Shares

याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ ।

बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका–६ नागीका अन्दाजी २०/२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

मावो छुरा प्रहार गर्ने योङहाङको फुपाजु हुन । मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आएका थिए । घरको आँगनमा २ जनाबीच कुराकानी भइरहेको बेलामा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गर्दा मावोको घटनास्थलमा नै ज्यान गएको जनाईएको छ ।

योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।