logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्रीले प्रर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणका क्रममा नेपाल उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् ।

ओलीले पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र विज्ञहरुसहित बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलन छ ।

यसै प्रचलनअनुसार प्रधानमन्त्रीले बिहिबार बैठक डोकेका हुन् । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ ।