काठमाडौं – पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसंग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा दुई टोलीविचको खेल दिउसो सवा तीन बजे शुरु हुनेछ ।
सिरिजको अन्तिम खेलमा घरेलु टोलीलाई हराउने प्रयासमा नेपाल हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको ओमान भने नेपाललाई हराउदै सिरिज उपाधि हात पार्ने प्रयत्नमा हुनेछ ।
आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको ओमान अंक तालिकाको शिर्ष स्थानमा छ । हङकङ र नेदरल्याण्ड हराएपनि आयरल्याण्डसंग पराजित नेपाल लिगको तेस्रो स्थानमा छ ।