logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं भोजका लागि बनाइएको अचार खाँदा ३१ जना विरामी, तीन जनाको अवस्था गम्भीर


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा दशैंभोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । उनीहरुले बुधवार बिहान आलु र काँक्राको अचार खाए लगत्तै बिरामी भएका हुन् ।

उनीहरुको मायानर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ । बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुमा ‘फुड प्वाइजन’को समस्या हुनसक्ने भन्दै अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुने चिकित्सकले बताए। फुड प्वाइजनको अवधि ७२ घण्टासम्म हुने भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ।