काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा उठाउने एजेण्डाको विषयमा पूर्वप्रधानमन्त्रीसँग छलफल चलाएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका हुन् । चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउनको लागि आवश्य एजेण्डामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीबाट सुझाव माग गरेका हुन ।
छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल लगायतका पूर्वप्रधानमन्त्रीको सहभागिता रहेको छ । विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै छलफल सुरु गरिएको हो ।