logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बडादसैं टीकाको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी


अंकुरण खबर
832
Shares

काठमाडौं – बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।

घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।