logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु


अंकुरण खबर
1.469K
Shares

काठमाडौं – पानीमा डुबेर झापा र इलाममा दुई जना बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको हो ।

आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिका राईलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा बुधवार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै इलामको माई नगरपालिका ५ रमिते बस्ने जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । जमुना खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेर घाइते भएकी हुन् । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।