काठमाडौं – मनकामना केबलकार सेवा आजदेखि पुनः सन्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सन्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सन्चालनमा आएको हो ।
नेपालीको महान् पर्व बडादसैंको समयमा हरेक वर्षझैं यो वर्षपनि असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा आजदेखि पुनः नियमित सन्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटार, चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार रहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औसतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।