logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पार्किङ गरि राखिएको ९ मोटरसाइकल र तीन साइकलमा आगजनी


अंकुरण खबर
2.093K
Shares

काठमाडौं – धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जनभन्दा बढी मोटरसाईकल र साइकलमा आगजनी भएको छ ।

जनकनन्दिनी गाउँपालिका ३ स्थित प्रखे महुवामा आज विहान साढे तीन बजेतिर पार्किङ गरि राखिएको वडाध्यक्ष सहितका ९ वटा मोटरसाइकल र ३ वटा साईकलमा अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीबाट मोटरसाइकल र साइकल जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगजनीबाट जनकनन्दिनी गाउँपालिका ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ ।

सो घटनामा ५ वटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको छ । घटनामा ३ वटा साइकल समेत जलेर नष्ट भएका छन । आगजनी कसले गरेको खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।