logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – सरकारले दशैंमा नबिकेका च्यांग्राको मूल्य घटाएको छ । सहुलियत दरमा बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किनेको १९ सयमध्ये १४६ वटा च्यांग्रा बिकेका थिएनन् ।

कम्पनीले दशैंमा जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ४० रुपैयाँ तोकेर त्यसमा १० रुपैयाँ प्रतिकिलो सरकारी सहुलियतसहित ७ सय ३० रुपैयाँमा बिक्री गरेको थियो । दशैंमा निजी क्षेत्रबाट धेरै च्याङ्ग्रा भित्र्याइएका कारण  केही च्याङ्ग्रा बिक्री हुन नसकेको कम्पनीले बताएको छ ।

अहिले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीको थापाथलीस्थित गोदाममा रहेका च्यांग्रा सबै स्वस्थ रहेको पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।