काठमाडौं – आगामी शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा सुर्पुदगी तथा पारम्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग गरेको छलफलको क्रममा उक्त जानकारी दिएका हुन् । सुर्पुदगी सन्धिबारे विभिन्न देशसँग छलफल भएपनि अहिले टुंगोमा नपुगेको उनले बताए ।
सुर्पुदगी सन्धिको मस्यौदालाई अन्तिम रुप दिन सहसचिवस्तरको कार्यदल बनाएर दुई देशका अधिकारीहरुबीच छलफल भएको थियो ।