logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्याङ्जाको हरिनासमा एक युवकको हत्या


अंकुरण खबर
1.04K
Shares

स्याङ्जा – हरिनास गाउँपालिकामा एक युवकको हत्या भएको छ । बुधबार राति हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।

हरिनास -६ क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताए । रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको थियो । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको  र अन्य फरार रहेकाले उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तस्वीर फेसबुकबाट