स्याङ्जा – हरिनास गाउँपालिकामा एक युवकको हत्या भएको छ । बुधबार राति हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।
हरिनास -६ क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताए । रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको थियो । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको र अन्य फरार रहेकाले उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
तस्वीर फेसबुकबाट