logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिरासतमा रहेका निवर्तमान सभामुख महरा नर्भिक अस्पताल भर्ना


अंकुरण खबर
3.562K
Shares

काठमाडौं – प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रहरी हिरासतमै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उपचारका लागि उनलाई थापाथलिस्थित नर्भिक इनटरनेशनल अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ । उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था बिहीबार बिहानदेखि अझै बिग्रिएको हो ।

संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन् ।

गत आइतबार सभामुख निवासबाटै प्रकाउ परेका महरालाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ ।