logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप छनोट : नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित


अंकुरण खबर
1.586K
Shares

विश्वकप छनोट फुटबल प्रतियोगितामा नेपाल अष्ट्रेलियासंग पराजित भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा ३–० गोलले पछि परेको नेपालले दोश्रो हाफमा थप २ गोल खायो । अष्ट्रेलियाका लागि ९ नम्बरका स्ट्राइकर म्याकलनले ह्यट्रिक पुरा गरे । सुरुवाती छैटौं मिनेटमै पहिलो गोल खाएको नेपालले खेल अबवधिभरी राम्रो मुभ बनाएर आक्रमण गर्न सकेन ।

शारिरिक रुपले समेत बलिया अष्ट्रेलियाली खेलाडीका अघि नेपाली खेलाडी प्राविधिक हिसावले समेत कमजोर देखिएका थिए । नेपाली टिमलाई नेपाली दर्शकको भने राम्रो समर्थन थियो ।