काठमाडौं – सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।
यसको औपचारिक जानकारी भने हुन बाँकी छ । भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भैसकेकाले आइतबार पनि बिदा हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै छन् ।