logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं मनाएर काठमाडौं फर्कदै गरेको बस सिन्धुपाल्चोकको बडहरेमा दुर्घटना, ५ जनाको मृत्यु


अंकुरण खबर
897
Shares

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकास्थित बडहरेमा बस दुर्घटना हुंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४० भन्दा धेरै घाईते भएको छन् ।

शुक्रबार बिहान बस दुर्घटना हुंदा दशै मनाएर गाउँबाट काठमाडौं फर्कदै गरेका यात्रुहरु परेका छन् । सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस आज बिहान ९ः५५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गएकाहरुको सनाखत हुन सकेको छैन । घाईतेहरुको उद्धार भईरहेको स्थानीयबासीले बताए । बसमा ५० जनाको हाराहारीमा यात्रु सवार रहेको अनुमान छ । हेलिकोप्टरबाट उद्दारको प्रयास भैइरहेको प्रहरीले जनाएको छ ।

कच्ची सडक तथा यात्रुहरुको चापका कारण बस सडकबाट तल खसेर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेपनि थप अनुसन्धान भने खुल्न नआएको  प्रहरीले जनाएको छ ।